FLASH NEWS
  • Loading...

४५२ जनालाई ‘चुच्चे नक्सा’सहितको पदक

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ८८ पटक पढिएको
४५२ जनालाई ‘चुच्चे नक्सा’सहितको पदक


काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिएको विभिन्न विद्याका पदकमा नयाँ नक्शा नभएको भन्ने सरकारको आलोचना भइरहेको बेला ४ सय ५२ जनाले भने ‘चुच्चे नक्सा’सहितको पदक पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा मानपदवी, अलङ्कार र पदक गत चैत २७ गते वितरण गर्न बाँकी रहेका महानुभावलाई आज प्रदान गरिएको हो ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । विभूषित हुनेहरुको नाम यसअघि सार्वजनिक भइसकेको छ ।

गत चैत्र २७ गते गरिएको सुशोभनमा पदकमा लिपुलेक र कालापानी समेटिएको ‘चुच्चे नक्सा’ नभएको भन्दै तीव्र आलोचना भएको थियो ।

आज वितरण गरिएको पदकमा भने संसदबाट पारित भई प्रचलनमा रहेको लिपुलेक र कालापानीसहितको नेपालको नक्साको वास्तविक नक्सा प्रयोग भएको छ ।

विसं २०७७ असोज ३ गते राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा उक्त वर्षको विभूषण घोषणा गरिएको थियो । विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट १ सय १२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २ सय, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १ सय ५५ र पदकतर्फ २८ गरी ६ सय ३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।

विसं २०७६ मा ४ सय ५० लाई विभूषण दिइने घोषणा भएकामा कोभिड(१९ को प्रभावका कारण सो वर्ष समारोह गरिएको थिएन ।

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित