FLASH NEWS
  • Loading...

प्रधानमन्त्री निवासमा पूजा, राम- सीताको मूर्ति चितवन पठाइयो

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ९२ पटक पढिएको
प्रधानमन्त्री निवासमा पूजा, राम- सीताको मूर्ति चितवन पठाइयो


काठमाडौं । अयोध्यापुरीमा राखिने राम(सीता, लक्ष्मण र हनुमानको मूर्ति आज चितवन पठाइएको छ । मंगलबार बिहान विधिवत रुपमा मूर्ति पुजा गरि चितवन पठाइएको हो ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यलेवैदिक अनुष्ठानसहित मूर्तिको पूजा गर्नुभएको थियो ।

प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग(अलग रथमा राखेर चितवन पठाइएको छ ।

प्रधानमन्त्री निवासबाट राष्ट्रपति कार्यालय पुगेको रथयात्रालाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोह बीच विदाई गर्नुभएको हो। मुर्तीहरु लिएर गएको रथ आज चितवनको देवघाट रहने र बुधबार बिहान माडीको अयोध्यापुरी लगिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित