FLASH NEWS
  • Loading...

सर्वजित गोङबा तामाङलाई खेन्पोको उपाधि

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ७६ पटक पढिएको
सर्वजित गोङबा तामाङलाई खेन्पोको उपाधि


काठमाडौं । स्वयम्भु÷विशाल सर्वव्यापी एंव बैज्ञानिक मानिएको बौद्ध दर्शनमा बिधाबारिधी९पिएचडी० पाउनु निक्कै गाह्रो र कठिन कार्य मानिन्छ । बौद्ध विश्वविद्यालयकमा खेन्पो भनिने यो उपाधी पाउन बौद्ध पञ्च महाशास्त्रको अध्ययन गर्नुपर्छ ।

करिव २२ वर्षसम्म बौद्ध दर्शनको व्याकरण, सूत्र, मन्त्रबारे योग ध्यान तथा अध्ययन गरेर खेन्पो उपाधि मकवानपुर जिल्लाको हेटौडाका सर्वजित गोङबा तामाङ खेन्पो उपाधिबाट बिभुषित हुनु भएको छ । श्री कर्म लेग्शेलिङ गुम्बा उच्च बौद्ध विश्वविद्यालय स्वयम्भुमा आयोजना गरेको विशेष कार्यक्रमका बिच छ्योईजे लामा फुन्छोक रिम्पोछेको बाहुलीबाट विशेष धार्मिक सँस्कारका बिचमा सर्वजित गोङबा तामाङ खेन्पोको उपाधि प्रदान गरिएको छ ।

कठोर तपस्या र अध्ययनबाट बुद्धको नीति अंगिकार गर्दै प्राणीको हित गर्न सक्ने, अरुलाई बुद्ध दर्शनबारे ज्ञान बाढ्न सक्ने व्यक्तिले मात्रै खेन्पोको उपाधि पाउन सक्ने भएकाले अर्को खेन्पो बढेकोमा बौद्ध धर्माम्बलीहरुमा खुसीयाली छाएको छ । ‘बुद्ध दर्शन असल जीवन पद्धति हो”, खेन्पो सर्वजित गोङबा तामाङ भन्नुभयो ‘यो बारे शिक्षा प्रणालीसँग जोडिनु आवश्यक छ । बौद्ध विश्वविद्यालय स्थापना गर्नु आवश्यक छ’ उहाँले बौद्ध धर्मबारे समान बुझाई बनाउन आफुले भूमिका खेल्ने बताउनुभयो । बुद्धले देखाउनु भएको शान्ति र अहिंसाको शिक्षालाई विश्व जगतमा फैलाउन आफूले भुमिका निर्वाह गर्ने उहाँले बताउनुभयो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित