FLASH NEWS
  • Loading...

नेपालमा ओमिक्रोन भेरिअन्टको जोखिम बढ्यो

  • गोल्डेन खबर
  • २ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail


भारतमा केही दिनदेखि लगातार ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित हुने मानिसको संख्या बढिरहेको छ । नेपालमा पनि ओमिक्रोन सङ्क्रमणको जोखिम बढेको जस्तो देखिएको अधिकारीहरूको भनाइ छ ।


त्यसका विभिन्न आधारहरू रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।

उनका भनाइमा त्यसको पहिलो आधार भनेको नेपालको कोभिड निगरानी प्रणालीमा ओमिक्रोन भेरिअन्ट देखा परिसक्नु हो। यद्यपि अहिलेसम्म सरकारले केवल तीन जनामा ओमिक्रोन पुष्टि गरेको छ ।
नेपालमा गत महिना पहिलो पटक ओमिक्रोन फेला परेको पुष्टि भए पनि पर्याप्त परीक्षण भएको छेन् ।

उनका अनुसार नेपालका सीमावर्ती सहरसहित नेपालीहरू धेरै काम गर्न गएका भारतीय क्षेत्रमा उक्त भेरिअन्ट फैलिनु दोस्रो आधार हो ।

पछिल्ला दिनहरूमा सीमा क्षेत्रमा राखिएका हेल्थ डेस्कमा गरिएको एन्टिजन परीक्षणमा सङ्क्रमण क्रमशः बढेको देखिनु जोखिम बढ्नुको अर्को आधार रहेको पौडेलको भनाइ छ ।
त्यसैगरी पछिल्ला परीक्षणहरूमा सङ्क्रमित मानिसबाट सङ्कलित कोरोनाभाइरसको नमुनामा एस–जीन नदेखिने दर बढेकाले त्यो पनि सम्भावित जोखिमको आधार भएको पौडेलले बताए ।

उनले भने, ूहामीले एस–जीनको अनुगमन गरिरहेका छौँ । तुलनात्मक रूपमा एस–जीन पनि नेगेटिभ हुने प्रवृत्ति बढ्दो क्रममा देखिएको छ । त्यसमध्ये केही मात्रा ओमिक्रोन पनि हुनसक्छन् ।

ओमिक्रोनमा दुईवटै प्रवृत्ति देखिएको छः एस–जीन टार्गेट फेलिअर अर्थात् नेगेटिभ र पोजेटिभ हुने पनि देखिएका छन् ।

यसभन्दा अगाडिको एस–जीन टार्गेटको फलोअपमा एस–जीन टार्गेट फेलिअरको संख्या एकदमै न्यून रहेको थियो भने अहिले त्यो बिस्तारै बढ्दो क्रममा गएको अवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित