FLASH NEWS
  • Loading...

शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९८ पटक पढिएको
Post Thumbnail
शेष घले


२ माघ, बार्सिलोना । गैरआवासीय नेपाली संघ एनआरएनले निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।
गत अक्टोबरमा हुनुपर्ने संघको दशौं महाधिवेशन तथा निर्वाचन महाधिवेशन प्रतिनिधि चयनको विवादका कारण नै पटक पटक रोकिंदै आएको छ ।

संघको दशौँ महाधिवेशन तथा आईसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरूको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने भन्दै आईसीसीको सम्पन्न ८१औँ बैठकले समिति गठन गर्ने निणर्य गरेको हो ।
उच्चस्तरीय समितिका सदस्यहरूमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरू देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन् ।

२८ फेब्रुअरीसम्ममा संघको दशौँ महाधिवेशन तथा निष्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली संघको विधान र नियमावलीअन्तर्गत रहेर २६ जनवरीसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने सहमति भएको छ ।

उच्चस्तरीय समितिले आवश्यक परेको खण्डमा कानूनी, आइटीलगायतका विशेषज्ञहरू रहेको स्वतन्त्र समितिहरू गठन गर्न अघिकार पाएको छ । संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले समेत उक्त समितिलाई सघाउने निणर्य भएपछि एनआरएनभित्र ‘ब्रेकथ्रु ‘ हुने संकेत देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित