FLASH NEWS
  • Loading...

जापानका पूर्व प्रधानमन्त्री आबेको निधन

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७३ पटक पढिएको
जापानका पूर्व प्रधानमन्त्री आबेको निधन

काठमाडौं । कार्यक्रममा भाषण गरिरहेकै बेला गोली लागेका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।

चुनावी अभियान रहेका पूर्व प्रधानमन्त्री आबेमाथि शुक्रबार बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते आबेको उपचारको क्रममा निधन भएको हो ।

गोली लागेपछि भुइँमा लडेका पूर्व प्रधानमन्त्री आबेलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका आबेको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा आबे प्रभावशाली नेता मानिन्थे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित