FLASH NEWS
  • Loading...

आईसीसी क्रिकेट : नेपाल स्कटल्याण्डसँग पराजित

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८६ पटक पढिएको
आईसीसी क्रिकेट : नेपाल स्कटल्याण्डसँग पराजित


काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गतको खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमै पूरा गरेको हो। स्कटल्याण्डको जितमा किली कोत्जरले ५२ बलमा ४४ रनको योगदान गरे। अर्का खेलाडी कालुम म्याकलियोडले सर्वाधिक ६४ रनको योगदान गरे। नेपालले स्कटल्याण्डका २ विकेट मात्रै झार्नसक्यो। सन्दिप लामिछाने र सोमपाल कामीले १९१ विकेट लिएका हुन्।

टस हारेर ब्याटिङ थालेको नेपालले सामान्य चुनौती पेस गरेको हो।

ब्याट्सम्यानहरु सस्तैमा समेटिँदा नेपालले ५० ओभरको खेलमा ३५।५ ओभर खेल्दै १२८ रनमात्र जोड्न सक्यो। ओपनर कुशल भुर्तेलले १६ बल खेलेर ३ रनमात्र बटुले भने आसिफ शेखले ५८ बल खेल्दै सर्वाधिक ४० रनको योगदान गरे।

त्यसपछि देव खनाल २५ बल खेल्दै १० रन मात्र बनाएर आउट रहँदा रोहित पौडेलको पनि ब्याटिङ चलेन। पौडेल १६ बलमा १० रन बटुल्दै आउट हुन पुगे। दीपेन्द्र सिंह ऐरीले पनि आज १३ बलमा ७ रनमात्रै बटुले। आरिफ शेख २ बल खेल्दै शून्य रनमा आउट हुँदा विनोद भण्डारीले २१ बल खेली १३ रनको योगदान गरे।

सोमपाल कामीले २४ बल खेलेर ७, करण केसीले ४ बल खेलेर ७ रन बनाए। कप्तान सन्दीप लामिछानेले भने दोस्रो सर्वाधिक रन बनाउने क्रममा २७ बल खेलेर २२ रन बटुले। किशोर महतोले ९ बल खेले पनि रन लिन सकेनन्। स्कटल्यान्डले ९ अतिरिक्त रन उपहार दिएको थियो।

स्कटल्यान्डको बलिङ जमेको थियो। उसका चार बलरले मेडन ओभर बलिङ गरेका थिए। साफ्यान शरिफले २ मेडन ओभर बलिङ गरेका थिए। उनले विकेट लिन सकेनन्। मार्क वाटले ८ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन दिएर ३ विकेट झारे।

हाम्जा ताहिरले १ मेडनसहित २६ रन दिएर ४ विकेट झार्दा गाभिन मेनले ७ ओभरमा १ मेडनसहित ४४ रन दिएर २ विकेट लिए। क्रिस्टोफर म्याकब्राइडले ६ ओभर बलिङ गरी २६ रन दिएर १ विकेट झारेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित