FLASH NEWS
  • Loading...

फिफा विश्वकपमा आज मोरक्को-स्पेन र पोर्चुगल- स्वीटजरल्याण्ड भिड्दै

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७५ पटक पढिएको
फिफा विश्वकपमा आज मोरक्को-स्पेन  र पोर्चुगल- स्वीटजरल्याण्ड भिड्दै

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै छन् । आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा हुनेछ ।

३६ वर्षपछि नकआउट चरण पुग्ने क्रममा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो भने क्रोएसियासँग बराबरी खेलेको थियो । स्पेनलाई स्तब्ध पार्दै क्वाटरफाइनलमा पुग्ने मोरक्कोको लक्ष्य छ । स्पेनले कोस्टारिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो भने जापानसँग पराजित भएको थियो ।

समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीटजरल्याण्डबीचको खेल लुसेस स्टेडियममा मध्यराति पौने १ बजे सुरु हुनेछ । अन्तिम १६ मा युरोपका दुई टिम भिड्न लागेको यो दोस्रो खेल हो । यसअघि युरोपका दुई टोली फ्रान्स र पोल्याण्डले प्रतिस्पर्धा गरेका थिए, जसमा विजयी हुँदै फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ ।

आज हुने दुवै खेलको विजेता क्वाटरपाइनलमा आमने–सामने हुनेछन् । अहिलेसम्म नेदरल्याण्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, क्रोयसिया र ब्राजिलले अन्तिम आठ अर्थात क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित