FLASH NEWS
  • Loading...

बल्ल भयो मन्त्रिपरिषद बिस्तार, लिए ११ मन्त्रीले शपथ

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४९ पटक पढिएको
बल्ल भयो मन्त्रिपरिषद बिस्तार, लिए ११ मन्त्रीले शपथ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री दाहालले गठबन्धनका १० दललाई समेटेर एक राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिमण्डल बनाउनु भएको हो । प्रधानमन्त्रीले यसअघिका मन्त्रीहरू मध्ये केहीलाई जिम्मेवारी हेरफेर र केहीलाई यथावत राख्दै शुक्रबार थप ११ जनालाई शपथ गराउनु भएको हो ।

गठबन्धन सरकारमा नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाइएको छ । श्रेष्ठ यसअघि पनि उपप्रधानमन्त्री हुनुहुन्थ्यो । खड्काले खड्काले उपप्रधानमन्त्रसहित रक्षा मन्धालयको जिम्मेवारी पाउनु भएको छ । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समाल्नु भएका अर्का उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय पाउनु भएको छ ।

उपप्रधानमन्त्रीपछि मन्त्रिमण्डलको चौथो वरियदामा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष डा वेदुराम भुसाललाई राखिएको छ । भुसालले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समाल्ने अवसर पाउनु भएको छ ।

उपप्रधामनमन्त्रीसहित प्रभावकारी मन्धालय दाबी गरिरहनु भएका जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष अशोक राईलाई पाँचौ वरियदामा राखिएको छ । राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेता शरतसिंह भण्डारी श्रम, ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नु भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत अर्थमन्त्री बन्नुभएको छ ।

महिन्दा राय यादवले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाउनु भएको छ । माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बन्नु भएको छ । माओवादी नेतृ रेखा शर्मालाई यसअघि समाल्दै आएको संचार तथा सूचना प्रविधि मन्त्रीमा यथावत राखिएको छ ।

माओवादी केन्द्रका सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्रीमै अडिनु भएको छ । अननलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश बुढाथोकी ज्वालाले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय समाल्ने अवसर पाउनु भएको छ । कैलाली घटना प्रकरणमा जेलमा रहेका रेशम चौधरीकी पत्नी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनाइएको छ ।

कांग्रेसका रमेश रिजाल उद्योग बाणिज्य तथा आपूर्ति र सीता गुरुङलाई शहरी विकास मन्त्री बनाइएको छ । सुशिला सिर्पाली ठकुरीलाई संस्कृति , पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनाइएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनर्गठन गर्नूभएको यो सातौँ पटक हो । प्रधानमन्त्री दाहालले पुस ११ मा शपथ लिएसँगै माघ ३ गते दोस्रो पटक, १४ गते तेस्रो र र २३ गते चौथो पटक मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको थियो । प्रधानमन्त्रीले त्यसपछि फागुन १४ गते पाँचौ र र १६ मा छैठौँ पठक मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको थियो । प्रधानमन्त्री बनेको ३ महिनामा दाहालको यो सातौ पटक मन्त्रिमण्डल पुनर्गठन हो ।

सातौ पटकमा पनि मन्त्रिमण्डलले पूर्णता पाउने स्थिति भने बनेन । अझै ७ मन्त्रालय प्रधानमन्त्रीकै काँधमा छ । प्रधानमन्त्रीले कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, वन तथा वातावरण र स्वास्थ तथा जनसख्या, परराष्ट र खानेपानी मन्त्रालय आफूसँग राख्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित