FLASH NEWS
  • Loading...

एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

  • गोल्डेन खबर
  • १० महिना अघि
  • ११३ पटक पढिएको
एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं-बजेट असन्तुलित भएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।

अर्थमन्त्री धनबहादुर मास्कीले बैठकमा आर्थिक वर्ष २०८०र०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरे लगत्तै एमाले सांसदहरुले रोष्ट्रम घेराउ गरेका हुन् । सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको अडान छ ।

सभामुख तुलाराम घर्तीले भोलि सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे । यसअघि असार १० गते बस्ने भनिएको वैठक १३ गते आइतबारको लागि आह्वान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित