FLASH NEWS
  • Loading...

धनगढीको सन्देश सभा स्थगित

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • ७८ पटक पढिएको
धनगढीको सन्देश सभा स्थगित

काठमाडौं— समाजवादी मोर्चा नेपालको आज बुधबार हुने भनिएको सन्देश सभा स्थगित भएको छ । आज विहान ७ः३० बजे बालुवाटारमा बसेको मोर्चाको अध्यक्ष मण्डलको बैठकले उक्त कार्यक्रम रोक्ने तर मोर्चा कायम नै रहने सहमति भएको हो ।

एमसीसी पारित गर्दा भएको ‘व्याख्यात्मक घोषणा’ को विषयमा आजसम्म अमेरिकी सरकार र एमसीसी परियोजनाको कार्यालय मौन बस्नु, जनदवाव बढ्दै गएपछि हिजो साँझमात्र अमेरिकी दूतावासले मुख खोल्नु र सो सम्बन्धमा औपचारिक पत्र नलेख्नुले परिस्थिति थप जटिल देखिन्छ ।

सरकारी सुत्रले दिएको सूचना अनुसार सरकारले एमसीसी परियोजना कर्मचारी तहमा प्रबेश गरिसकेका कारण सरकारले चाहेर पनि रोक्न सक्ने स्थिति छैन । नेकपा केन्द्रीय कार्यालयले दिएको सूचना अनुसार ‘सरकार जटिलता र व्यापक जनदवाव’को कारण सन्देश सभा रोक्नु पर्ने परिस्थिति बनेको हो ।

नेकपा महासचिव विप्लवले एमसीसी परियोजना कार्यान्वयन नरोकेसम्म सन्देश सभा लगायत कार्याक्रममा सहभागी नहुने बताएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित