FLASH NEWS
  • Loading...

कांग्रेससँग मिलेर सरकार नबनाउन सुदूरपश्चिममा एसका नेताहरुलाई दबाब

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • ४० पटक पढिएको
कांग्रेससँग मिलेर सरकार नबनाउन सुदूरपश्चिममा एसका नेताहरुलाई दबाब

 

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेतालाई सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा समर्थन नगर्न एकीकृत समाजवादीभित्र दबाब परेको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरी नेपाली कांग्रेस र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीमा छन् । तर यता एकीकृत समाजवादीका नेताहरु अलमलमा परेका छन् ।

पार्टीका शीर्ष नेताले टेलिफोन गरेर एमाले–माओवादीसहितको गठबन्धनमै रहन र कांग्रेस–नाउपालाई साथ नदिन दबाब दिएपछि सुदूरपश्चिमका एकीकृत समाजवादीका नेताहरुले चौधरीलाई समर्थन दिन नसकेको स्रोतको दाबी छ ।

कांग्रेस संसदीय दलका नेता तथा कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाह र नाउपा रेशम पक्षका नेता लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्री निवासमा एकीकृत समाजवादीका नेताहरुलाई पर्खिरहेका छन् ।

स्रोतका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले नै टेलिफोन गरेर कांग्रेससहितको सरकार बनाउन सहयोग नगर्न निर्देशन दिएपछि एकीकृत समाजवादीका नेताहरु छुट्टै छलफलमा बसेका छन् ।

तर एकीकृत समाजवादीका नेताहरुले आनाकानी गरेका कारण प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित