FLASH NEWS
  • Loading...

राष्ट्र बैंकले पेन्सन कोषमा रशेको ४ अर्ब ३० करोड ब्याजमा लगानी गर्ने

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • ४४ पटक पढिएको
राष्ट्र बैंकले पेन्सन कोषमा रशेको ४ अर्ब ३० करोड ब्याजमा लगानी गर्ने

काठमाडौँ । आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकले ब्याजमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले २०८१ वैशाख ११ गतेदेखि २०८१ कात्तिक १० गतेसम्म कूल १८७ दिन (छ) महिना मुद्दती निक्षेपमा उक्त रकम राख्ने भएको हो ।

एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इजाजतप्राप्त बैंक तथा वित्त कम्पनीहरूलाई दरखास्त आह्वान गरेको हो ।

इच्छुक बैंक तथा वित्त कम्पनीले २०८१ वैशाख ४ गते बेलुका ५ बजेसम्म तोकिएको रकमसहित ब्याजदर प्रस्ताव गर्न सक्नेछन् ।

कूल रकममध्ये वाणिज्य बैंकका लागि ३ अर्ब ४४ करोड रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरुका लागि ६४ करोड ५० लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि २१ करोड १५ लाख रुपैयाँ छुट्टाइएको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप चाहने बैंक तथा वित्तीय कम्पनीले सञ्चालनको २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने तोकिएको चुक्ता पुँजी पुर्याएको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बैंकले सर्त राखेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित