FLASH NEWS
  • Loading...

पैसाको चलखेल भए फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुस्ः गृहमन्त्री लामिछाने

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ३७ पटक पढिएको
पैसाको चलखेल भए फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुस्ः गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बतायनुभएको छ ।

इलामको फाकफोकथुम गाउँपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति रहनुएका गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको छ ।

उहाँले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो कोहीलाई कडा कारबाही गरिने चेतावनी दिनुभएको छ । पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताउनुभयो ।

मौन अवधिमा धेरै पैसाको चलखेल भएको भए फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिन अनुरोध गर्नुधएको छ ।

उहाँले गाउँगाउँमा पैसा बाँड्दै हिँडेर इलामको भविष्य किन्न खोज्नेलाई सार्वजनिक गरेर आम नागरिकसामु चिनाउने पनि बताउनुभयो ।

चोकचोकमा खटिएर नागरिकलाई सचेत गराउन उहाँले सुरुक्षाकर्मीलाई निर्देशन पनि दिनुभएको छ ।

गृहमन्त्री लामिछानेले आफ्नो पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको उल्लेख गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको बताउनुभयो ।

रास्वपाले इलाम २ मा पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। रास्वपाको टोली अहिले चुनावी घरदैलोमा छ। यही वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित