FLASH NEWS
  • Loading...

गुल्मीमा आगलागीबाट ३८ घरगोठ जलेर नष्ट

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • ४७ पटक पढिएको
गुल्मीमा आगलागीबाट ३८ घरगोठ जलेर नष्ट

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका( २ मा आगलागी भएको छ ।

आगलागि हुँदा ३८ घरगोठ जलेका छन् । वडाध्यक्ष लोकनाथ आर्चायका अनुसार स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर र २५ गोठ जलेको छ । घरगोठ जल्दा ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन् ।

अहिले आगलागी भएका अधिकांश ठाउँमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितको टोली पुगेको छ । आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताएका छन् ।

इस्मा गाउँपालिकाबाहेक अन्यत्र पनि आगलागी भएको छ । आगलागीबाट जिल्लाका विभिन्न स्थानमा भएको क्षति संकलन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभएको छ ।

आगलागीबाट इस्मा गाउँपालिका( १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका(७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन् । घाइते भएका इस्माका राना ट्याक्टर चालक हुने भने मुसिकोटका राना एक्साभेटर चालक हुन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरीले जनाएको छ ।

आगलागी भएका ठाउँमा आगो निभाउन सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारी खटिएका छन् । एकपटक निभाइसकेको ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित