FLASH NEWS
  • Loading...

बालकृष्ण खाँणलाई भेट्न पत्नी मञ्जु पुगिन प्रहरी परिसर टेकु

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • ३४४ पटक पढिएको
बालकृष्ण खाँणलाई भेट्न पत्नी मञ्जु पुगिन प्रहरी परिसर टेकु

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण आज काठमाडौं प्रहरी परिसर टेकु पुगेकी छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका खाँण गत वैशाख २७ गते पक्राउ परे पनि उनकी पत्नी मञ्जु भेट्न गएकी थिइनन् । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पतिलाई भेट्न गएकी हुन् । प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतले बालकृष्णलाई भेटेर मञ्जु फर्किएको पुष्टि गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले मञ्जुलाई पनि मुछेका थिए । त्यसयता उनी सम्पर्कविहीन भएकी थिइन् । तर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन उनी संसदमा देखिएकी थिइन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २ जेठमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले मञ्जु सम्पर्कमा नरहेको र पतिलाई पनि भेट्न नगएको कारणबारे सोधेका थिए । त्यसको जवाफमा महतले मञ्जु खाँणलाई पार्टीले फलो नगरेको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित