FLASH NEWS
- Loading...
बागमतीसंगै अहिले सम्म झन्डै २२ अर्ब पैसा बगिसक्योः निशा डाँगी
- गोल्डेन खबर
- ११ महिना अघि
- १५८ पटक पढिएको
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले बागमतीसंगै अहिले सम्म झन्डै २२ अर्ब पैसा बगिसकेको कुरा बताएकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले पशुपति क्षेत्रलगायत बागमती नदीको दुर्दशा बदल्ने भनेर हालसम्म झन्डै २२ अर्ब पैसा बागमतीमा बगिसकेको बताइन । उनले एकातिर नदी सफाइमा वर्सेनी २ अर्बभन्दा बढी खर्च भइरहेको तर खोलानाला जस्ताको त्यस्तै रहेको बताइन । उनले खानेपानी ऐनले मलमूत्र खोलामा मिसाए तीन महिनादेखि १ वर्षसम्म कैद र पाँच लाखसम्मको जरिवानाको व्यवस्था गरे पनि त्यो दण्ड जरिवानाको भागिदार को होरु भन्दै सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिक्रिया दिनुहोस