FLASH NEWS
  • Loading...

अञ्चल ब्युरो प्रमुखसहित चार पक्राउ

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail

गौशाला, २४ वैशाख । महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आज नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई आज पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्युरो प्रमुख सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

उनीहरुका साथबाट प्रहरीले बम बनाउन प्रयोग हुने प्रेसर कुकर बम बनाउने उपकरण, टाइम बम बनाइने घडी, तार दुई थान, डेटोनेटर छ थान,महोत्तरीको नक्सा, स्थानीय निर्वाचन खारेज गर लेखिएको पर्चा तीन सय थान र नेपाली काँग्रेस पार्टीको स्टिकर दुई सय थान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउबारे आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित