FLASH NEWS
  • Loading...

काठमाडौंको नवनिर्वाचित जनप्रतिनिधिद्धारा शपथग्रहण

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४४ पटक पढिएको
Post Thumbnail


काठमाडौं—काठमाडौं महानगरपालिकाको नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको प्रमाणपत्र वितरण एवं शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र ३२ वटै वडाका वडा अध्यक्षले शपथग्रहण गरेका हुन् ।
प्रमुख, उपप्रमुखलाई कामपाको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले सपथ तथा गोपनीयताको शपथग्रहण गरेका थिए । त्यस्तै वडा अध्यक्षहरूलाई भने नवनिर्वाचित कामपा प्रमुख शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गराए । प्रमुख, उपप्रमुख दुवै जनाले नेपाली भाषामा सपथग्रहण गरे भने फेरि उनीहरुले नेपाल भाषामा पनि शपथ लिएका थिए ।
प्रमुख शाक्यले निर्वाचनअघि जनतालाई दिएको वचन पूरा गर्नका लागि सबै दलसँग मिलेर काम गर्ने धारणा व्यक्त गरे । उनले भने, ‘सबै दलको एउटै लक्ष्य थियो काठमाडौंलाई एउटा स्मार्ट सिटी बनाउने, अब त्यो लक्ष्य पुरा गर्न सबै दलसँग सहकार्य गरेर अगाडी बढेछु ।’ हाल काठमाडौंमा धुलो, धुँवा र ट्राफिक समस्याले सताएको छ । राजधानी भए पनि वातावरण प्रदुषणले काडमाडौं उपत्यकालाई समेटेको छ । त्यसैले पनि हाल तत्काल गर्नुपर्ने धेरै काम काठमाडौं उपत्यकामा रहेको छ । कामपा प्रमुख शाक्यले सुन्दर, समृद्ध र जीवित महानगर स्थापित गर्नु नै आफ्नो कार्यकालको प्रमुख लक्ष्य रहेको बताउँदै महानगरलाई हेर्नलायक मात्र होइन, बस्नलायक शहर बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
उपप्रमुख खड्गीले राजधानीलाई बस्नयोग्य बनाउनु आफ्नो पहिलो काम भएको उनले बताईन् । उनले दोस्रो काममा कामपामा रहेका धार्मिक सम्पदाको संरक्षण गरी काठमाडौंलाई पर्यटकीयस्थल बनाउन सबै नगरवासीसँगको सहकार्य जरुरी भएको बताईन् ।
कामपाको मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचनको अवधिभर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरवासीको सुन्दर सपना पूरा गर्नका लागि नगरवासीले जनप्रतिनिधि चुनेको हुनाले सोहीअनुरुप कार्य गर्न सबैमा आग्रह गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित