Radio Golden Live..

सुत्केरीले यी खाने कुरा खानु पर्छ

काठमाडौं । बच्चा जन्माइसकेपछि महिलाहरुलाई सही र सन्तुलित खानाको आवश्यक पर्छ । प्रसवको क्रममा अन्डा, दुध, फलफुल प्रोटिन भएको खानेकुरा खान सल्लाह दिइन्छ भने डेलिभरी पछि ठोस खानेकुरालााई प्राथमिकता दिइन्छ । सम्पूर्ण दिन बच्चाको स्याहर सुसारमै बित्छ । त्यसैले उर्जाको आवश्यकता पर्छ । यस्तोमा महिलाहरुलाई भिटामिन, क्यालोरी एंव प्रोटीन युक्त भोजन खाना दिनुपर्छ । सही खानपान र नियमित व्यायामले महिलाको शक्ति मिल्छ ।

१.प्रसव पछि शरिरमा पानीको मात्राको कमी नहोस् भनेर प्रशस्त मात्रामा पानी, नरिवलको पानी, गाजरको जुुस, खरबुजाको जुस पिउनुपर्छ ।

२.रातीको खाना हल्का खानुपर्छ, रातको खानामा सुप, हरियो सागसब्जी, दहीको सेवन लाभदायक हुन्छ । साथै गहुँ, अन्न, दालको सेवनले बच्चालाई पनि पोषण मिल्छ ।

३.रातको खाना पछि तर विनाको दुध पिउँदा राम्रो हुन्छ ।

४. खानाको स्वाद बदल्नको लागि पान पनि खान सकिन्छ, पानबाट खनिज प्राप्त हुन्छ र निद्रा पनि राम्रोसँग लाग्छ ।

५. उसिनेको अन्डा, माछा खानामा सामिल गर्ने ।

६. ब्रेकफास्ट र लञ्चको विचमा चिया पिउन सकिन्छ, ग्रीन टी पिउँदा एकदमै राम्रो हुन्छ । हल्का व्यायाम र स्ट्रेचिङ पनि गर्न सकिन्छ ।

७. घिउको सेवन पनि एकदमै लाभदायक हुन्छ । धेरैमात्रामा खानु भने हुँदैन् । डेलिभरी पछि शरिर कमजोर भएको हुन्छ त्यसबाट बच्नको लागि घिउको सेवन एकदमै राम्रो हुन्छ । थोरै मात्रामा सेवन गरेमा इनर्जी मिल्छ भने धेरै खाएमा फ्याट बढ्छ र कोलस्टोरको समस्या हुन सक्छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]