FLASH NEWS
  • Loading...

मेलम्चीको लागि खनिएका सडक जेठभित्रैमा पिच हुन्छ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

 

भीमप्रसाद उपाध्याय

सचिव, खानेपानी तथा सरसफाई मन्त्रालय

भीमप्रसाद उपाध्याय पिता बेनीराम उपाध्याय र माता सीतादेवीको कोखबाट बि.सं २०१६ सालमा गुल्मी जिल्लाको भर्भुङ(अर्खावाङ)मा जन्मनु भएको हो । उहाँ २ भाई र २ बहिनी मध्ये जेठो हुनुहुन्छ । उहाँले २०३२ सालमा भैरहवास्थित भैरहवा माध्यमिक विद्यालयबाट प्रवेशिका           (एस.एल.सी) उत्तीर्ण गर्नुभयो । सव इन्जिनियर भएर २०३५ सालदेखि  भैरहवा लुम्बिनी भूमिगत जल आयोजनामा काम गर्न थाल्नु भयो । २०३९ सालसम्म त्यही कार्यालयमा सक्रिय हुनुभयो । २०४३ सालमा नेपाल विद्युत प्राधिकरणमा अधिकृत हुनुभयो र २ वर्ष त्यही सेवारत हुनुभयो ।

२०४५ साल निजामति सेवातर्फ अधिकृत हुनुभयो । उहाँले त्यसपछि मध्यपश्चिम र सूदुरपश्चिमका धैरै जिल्ला चाहर्नु भयो । जाजरकोट, बैतडी र गुल्मी लगायतका जिल्लामा बढी समय बिताउनु भयो । २०५२ सालसम्म खानेपानी क्षेत्रमा सक्रिय हुनुभयो । त्यसपछि स्थानीय विकास मन्त्रालयमा सरुवा हुनुभयो । त्यहाँ २०७० कात्तिकसम्म कार्यरत हुनु भयो । कात्तिकमा शान्ति मन्त्रालयमा जानु भयो । अधिकृतबाट सुरु भएको  सरकारी जागिर क्रमिक रुपमा बढुवा हुँदै गयो । २०७१ असोज २२ मा उहाँ नेपाल सरकारको सचिव हुनुभयो । सचिव भएपछि उहाँले केही वर्ष नेपाल ट्रष्टमा बिताउनु भयो र त्यसपछि जल तथा उर्जा आयोगमा सरुवा हुनुभयो । उहाँले पाँच महिनादेखि खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी समाल्नु भएको छ । सचिवहरुको भीडमा उहाँ अलि फरक हुनुहुन्छ । लामो समय प्रशासनिक क्षेत्रमा क्रियाशील भए पनि सरल  स्वभावको हुनुहुन्छ उहाँ ।  प्रस्तुत छ, उहाँसँग पत्रकार तीर्थ न्यौपानेले गरेको संक्षिप्त कुराकानी

यहाँले खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी समालेपछि महशुल उठानमा जोडदिदै आउनु भएको छ, त्यस बारेमा अहिले के भइराखेको छ ?

खानेपानी क्षेत्रमा विभिन्न कार्यालय र उपभोक्ताबाट मुलुकभर करिब साढे दुई अर्ब रुपैयाँ उठ्न बाँकी छ । खानेपानी संस्थान र उपत्यका खानेपानी लिमिटेडको करिब ६६ करोड त सरकारी नै उठ्न बाँकी छ । संस्थानको ४२ करोड र केएलक्यूको २२ करोड बाँकी छ ।  खानेपानी महशुल तिर्न बाँकी रहेका कतिपय कार्यालय त अहिले अस्तित्वमा नै छैनन । खानेपानीको महशुल नउठ्दा ती संस्थान र केएलकेयुको कार्यालय संचालन गर्न नै ग्राहो भएको छ । वक्यौक्ता उठ्दैन, महशुल बढाउन पनि पाइदैन , समस्या छ । त्यही भएर हामीले अहिले खानेपानीको महशुल उठाउनमा जोड दिइरहेका छौ । १० प्रतिशत नउठ्ला अरु त उठ्छ नी भन्ने हाम्रो आशा छ ।

अहिलेसम्म कति उठको छ ?

खानेपानी तथा सरसफाई मन्त्रालयकै महशुल तिर्न बाँकी थियो । मैले जिम्मेवारी समालेपछि त्यो तिर्न लगाए  । अन्य मन्त्रालय र विभिन्न सरकारी कार्यालयलाई पनि खानेपानी महशुल तिर्न पत्र पठाएर त्यसमा ताकेता गर्ने कार्य भइरहेको छ । विभिन्न सरकारी कार्यालयबाट अहिलेसम्म २६ लाख भन्दा बढी उठिसकेको छ । बाँकी रकम पनि धमाधम उठ्दैछ । हामीले महशुल बैशाख मसान्त्भित्र तिर्न भनेका छौ । यदि त्यो समय अवधिमा पनि सरकारी कार्यालयकाको महशुल नउठे , उठ्न बाँकी रकम अर्थ मन्त्रालयबाटै कटाउने योजना समेत बनाएका छौ । त्यसको लागि मन्त्रिपरिषद्बाट पारित गराएरै अर्थ मन्त्रालयबाट रकम कटाउने योजना छ ।

अन्य कार्यालय तथा संघ, संस्था र उपभोक्ताको हकमा पनि महशुल उठाउनको लागि प्रभावकारी कार्यक्रम संचालन गर्ने छौ । महशुल उठाउन विद्यार्थी समेत परिचालन गर्ने कि भन्ने सोचमा छौ । महशुल उठाउन नयाँ नयाँ तरिका अपनाउनुपर्छ । सधै कर्मचारीलाई खटाएर मात्र पनि हुँदैन । कतिपयले कर्मचारीलाई नकारात्मक रुपमा हेर्ने गरेका छन् । करिब २५ हजार विद्यार्थीलाई परिचालन गर्ने भने योजना छ ।

महसुलबाट उठेको रकमले गर्ने योजना छ ?

महशुलबाट उठेको पैसा यही क्षेत्रमा लगाउने योजना छ । सेवा विस्तार गर्ने, खानेपानी क्षेत्रलाई स्तरीय बनाउने, कर्मचारीको मनोबल बनाउने, उनीहरुलाई बेला बखत तालिम दिइरहने , गाडी, औचार तथा आवश्यक सामाग्री थप्ने लगायतका कार्य गर्ने योजना छ ।

मेलम्चीमा के भइरहेको छ ?

मेलम्चीमा अहिले टनेल निर्माण र पाइप बिछ्याउने भइरहेको छ । पाइपको काम तीब्र भइरहेको छ । पाइप बिछ्याने कायर्उ ९० प्रतिशत पुरा भएको छ ।  टनेलको काम रोकिएको छैन । टनेल पनि ९० प्रतिशत सकिएको छ । जलाशयको  लागि सुन्दरी जलमा ६ वटा पोखरी निर्माण गर्ने कार्य भइरहेको छ । पोखरी निर्माणको कार्य पनि ८० प्रतिशत सकिएको छ । ६ वटा पोखरीमा साढे ६ करोड लिटर पानी अट्ने छ । मेलम्ची निर्धारित समयमै ल्याउने ढंगले काम भइरहेको छ ।

भनेपछि मेलम्ची असोजभित्रै आउँछ ?

हो, बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची आउदो दशैमा काठमाडौमा आउने छ । अहिले त्यही ढंगले काम भएको छ ।

मेलम्ची कै कारण काठमाडौका सडक अहिले भताभुङ्घ भएका छन्, सडक कहिले कालोपत्रे हुन्छ ?

पहिलो कुरा काठमाडौको सडक अहिले लथालिङ्घ र भताभुङ्घ अवस्थामा छन. । सडक यस्तो हुनुमा मेलम्ची मात्रै कारण होइन । १० देखि १५ प्रतिशत मेलम्चीको कारण दुरा अवस्थामा पुगेका छन् । बाँकी ८५ प्रतिशत अन्य विभिन्न कारणले बिग्रिएका हुन् । कुरै गर्ने हो भने काठमाडौको सडकको कुल लम्बाइ मध्ये ५ किलोमिटर मात्र मेलम्चीको कारण बिग्रिएको छ । सडक अवरुद्ध नहोस् भनेरै मेलम्चीले रातीमा मात्र सडक खन्ने र पाइप बिछ्याउने कार्य गर्दै आएको छ । त्यसरी खनेको सडक पाइप हाल्ने बित्तिकै पुर्ने गरिएको छ । सडक पुरे पनि घाम लाग्दा धुलो उठ्ने र पानी पर्दा हिलो हुने गर्छ , यसबाट केही समस्या भएको छ । त्यो समस्या समाधन गर्नको लागि हामीले सडक एकसरो रुपमा कालोपत्रे गर्ने योजना बनायौ । कतिपय स्थानमा कालोपत्रे गर्ने काम सुरु भइसकेको छ । मेलम्चीको पानी ल्याउनको लागि खनिएको सडक जेठभित्रमा कालोपत्रे(पीच) भइसक्छ ।

मुलुकभर खानेपानीको स्थिति कस्तो छ ?

खानेपानीको पहुँच भनौ वा सुविधा मुलुकभर ८५ प्रतिशतमा पुगेको छ । ३५ लाख जनतामा खानेपानी पु¥याउन बाँकी छ । दुई वर्षभित्रमा सबैलाई खानेपानी पुर्याउने मन्त्रालयको लक्ष्य छ । त्यसको लागि २० अर्ब लाग्ने हाम्रो अनुमान छ ।

प्रसङ्घ बदलौ सरफाईको अवस्था कस्तो छ ?

सरसफाइतर्फ भन्नुपर्दा ९० प्रतिशतले चर्पी प्रयोग गरका छन् । २६ लाख जनता चर्पी विहीन छन् । विकट पहाडी र तराइका केही स्थानमा अल बढी समस्या देखिको थियो तर अहिले त्यसमा सुधार आइसकेको छ । अहिलेसम्म ३८ जिल्ला खुला दिशा मुक्त क्षेत्र घोषणा भइसकेको छ । ५ जिल्ला अहिले नै घोषणा हुने तयारीमा छन् । निर्वाचन आचारसंहिताले उद्घाटनमा मन्त्री जान नमिल्दा घोषणा हुन ढिलाई भएको हो ।

 

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित