FLASH NEWS
  • Loading...

तरुणदलका महासचिव शाही युरोप यात्रामा निस्कदैँ

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४९ पटक पढिएको
तरुणदलका महासचिव शाही युरोप यात्रामा निस्कदैँ

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य एवं कांग्रेसका प्रभावशाली युवा नेता तथा नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही आजदेखि दुईसाता लामो बेलायत भ्रमण जादैँहुनुहुन्छ ।

नेपाल तरुण दलको ६५औँ स्थापना दिवसको अवसरमा नेपाल कांग्रेस जनसम्पर्क समितिले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

बेलायतमा रहँदा उहाँले नेपाली कांग्रेस जनसम्पर्क समितिले आयोजना गर्ने विभिन्न कार्यक्रममा भाग लिनुका साथै जनसम्पर्क समितिका पदाधिकारी, एनआएनएका पदाधिकारी एवं सुभेच्छुकहरुसँग छलफल तथा राजनीतिक भेटघाट गर्नुहुने जानकारी दिनुभयो । शाही आजराति १२ त्यसतर्फ प्रस्थान गर्नुहुनेछ भने दुईसातापछि नेपाल फर्कनुहुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित