FLASH NEWS
  • Loading...

म्यानचेस्टर युनाइटेड पहिलो खेलमा ३-१ ले स्तब्ध

  • गोल्डेन खबर
  • ३ साल अघि
  • २६० पटक पढिएको
म्यानचेस्टर युनाइटेड पहिलो खेलमा ३-१ ले स्तब्ध

गएराती सम्पन्न खेलामा म्यानचेस्टर युनाइटेडले नसोचेको हार व्यहोर्नु परेको छ । क्रिस्टल प्यालेस सँग घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड ३-१ ले हारेको हो ।

खेलको ७ औ मिनेटमा एन्ड्रोस टाउन्सेन्डको गोलले क्रिस्टल प्यालेसले अग्रता कायम गरेको थियो । ७४औ मिनेटमा प्यालेसले पाएको पेनाल्टीमा युनाइटेडका गोलरक्षकको गल्तिका कारण पेनाल्टी दोहोर्याउन परेको थियो ।

प्यालेसका खेलाडी आयुले प्रहार गरेको पहिलो पेनाल्टी भने युनाइटेडको गोल रक्षकले रोक्न सफल भएका थिए । पहिलो पेनाल्टीमा गोल जोगाए पनि दोस्रोमा भने विल्फ्रेड जहाले बललाई जाली चुमाए ।

निकै रोमान्चक रहेको खेलामा क्रिस्टल प्यालेसको लागी विल्फ्रेड जहाले खेलको ७४औ (पेनाल्टी) र ८५औ मिनेटमा दुई गोल गरेर टीमलाई सफलअत तर्फ डोर्‍याए ।

म्यानचेस्टर युनाइटेडको लागी डोन्री व्यान डे बीकले ८० मिनेटमा सान्त्वना गोल गरे ।

क्रिस्टल प्यालेसले दोस्रो जितसंगै ६ अंक जोडेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित