FLASH NEWS
  • Loading...

आईपीएलमा चेन्नई सुपर किंग्सको विजयी शुरुवात

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ७१ पटक पढिएको
आईपीएलमा चेन्नई सुपर किंग्सको विजयी शुरुवात

चेन्नई सुपर किंग्सले आईपीएलमा विजयी शुरुवात गरेको छ । आईपीएलको पहिलो खेलमा मुम्बई इन्डियनलाई पाँच विकेटले हराउँदै चेन्नई सुपर किंग्सले विजय यात्र तय गरेको हो। मुम्बई इन्डियनले दिएको १६२ रनको लक्ष्य चेन्नईको टीमले १९.२ ओभरमा भेट्टाएको हो ।

चेन्नई सुपर किंग्सले टस जितेर र पहिले फिल्डिङ गरेको थियो । मुम्बई इन्डियनले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो जुन चेन्नईको टीमले १९.२ ओभरमा १६६ रन बनाउँदै भेट्टायो ।

चेन्नईको जीतमा डु प्लेसिसको प्रदर्शन शान्दार रह्यो । उनले अन्तिम ओभरमा लगातार चौकाबाट जित निकाले । ४ बल बाँकी रहँदा १ रन चाहिएको चेन्नईलाई डु प्लेसिसले चौका प्रहार गर्दै जीत दिलाए ।

अविजीत रहँदै डु प्लेसिसले ४४ बलमा ५८ रन जोडे । चेन्नईको लागी उनले सीमारेखा नजिकै शानदार क्याच लिदै हार्दिक र सौरभलाई क्याच आउट गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित