FLASH NEWS
  • Loading...

पाकिस्तानमा बाढीपहिरोले २५ जनाको मृत्यु

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८२ पटक पढिएको
पाकिस्तानमा बाढीपहिरोले २५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा बाढी पहिरोमा परी २५ जनाको मृत्यु भएको छ। पाकिस्तानी अधिकारीहरुले दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट २५ जनाले जीवन गुमाएको बताएका छन्।

बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापनसम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन्। उनका अनुसार केही दिन देखिको वर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन्।

बाढीले बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरुमा नै क्षति पुर्‍याएको छ। बाढीले कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन्। क्वेटा नगरमा बाढीले अझ बढी क्षति पुर्‍याएको छ।

बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ। सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ। एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित