FLASH NEWS
  • Loading...

फिफामा नेपालको ३ स्थान सुधार

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३५ पटक पढिएको
फिफामा नेपालको ३ स्थान सुधार


काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा ३ स्थान सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ३ स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल १ हजार २ सय ५ अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो ।  

एसियाली राष्ट्रको वरियतामा भने नेपाल २०औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरियतामा अमेरिका शीर्ष स्थानमा यथावत छ भने जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छ । इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छ्न । नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन् ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित