FLASH NEWS
  • Loading...

एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालको खराब सुरुआत, १४ ओभरमा ७३ रन जोड्यो

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • ८९ पटक पढिएको
एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालको खराब सुरुआत, १४ ओभरमा ७३ रन जोड्यो

काठमाडौं- एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुआत गरेको छ । खेलको प्रारम्भमै नेपालका तीन खेलाडी आउट भएका छन् । नेपालले पहिलो ओभरमै दुई विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि दुवै विकेट शाहीन शाह अफ्रिदीले लिए । उनले कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेलको विकेट लिएका हुन् । भुर्तेलले चार बल खेल्दै दुई चौका हिर्काउँदै आठ रन बनाए ।

यस्तै पौडेलले बिना रन आउट भए । यस्तै नेपालले तेस्रो विकेटका रूपमा दोस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमायो । उनलाई नशिम शाहले आउट गरे । शेखले पाँच बल खेल्दै एक चौकाको मद्दतमा मात्र पाँच रन बनाए । केहीबेर अघिसम्म नेपालले १४ ओभरमा तीन विकेट गुमाउँदै ७३ रन बनाएको छ । अहिले आरिफ शेख र सोमपाल कामी क्रिजमा छन् ।

यसअघि मुल्तान रङ्गशालामा टस जितेर पाकिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतक प्रहार गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित