FLASH NEWS
  • Loading...

सुवास नेम्वाङको निधनले स्तब्ध भएको छु: शेरबहादुर देउवा

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १३२ पटक पढिएको
सुवास नेम्वाङको निधनले स्तब्ध भएको छु: शेरबहादुर देउवा

काठमाडौं-पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको जनाएका हुन् ।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

गएराति १ बजे हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए ।नेम्वाङको शवलाई श्रद्धाञ्जलीका लागि भोली बुधबारसम्म च्यासलस्थित एमाले पार्टी कार्यालय राख्ने तयारी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित