FLASH NEWS
  • Loading...

एथलेटिको मड्रिडका स्ट्राइकर टोरेसलाई टाउकोमा चोट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


फागुन २० – एथलेटिको मड्रिडका स्ट्राइकर फर्नाण्डो टोरेस गएराती डेपोर्टिभो लाकोरुनासँगको खेलका क्रममा घाइते भएका छन् । खेलका क्रममा टोरेसलाई टाउकोमा चोट लागेको हो । अस्पतालमा उपचार गराइरहेका टोरेसको अवस्था स्थिर रहेको र उनी होसमा रहेको क्लवले जनाएको छ । खेल्दाखेल्दै उपचारका लागि अस्पताल लानुपरेपनि उनलाई गम्भीर चोट नरहेको पुष्टि भएको क्लवले जनाएको छ । स्पेनका ३२ वर्षिय पुर्व राष्ट्रिय खेलाडी टोरेसले निकै गम्भीर घटना भएको डर रहेपनि अहिले आफु सामान्य रहेको र छिट्टै खेलमा फर्किने विश्वास व्यक्त गरेका छन् । एथलेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोन्सले टोरेस मैदानमा लडेको दृष्य डरलाग्दो रहेकाले आफु धेरै आत्तिएका बताए । घाइते भएर टोरेसले मैदान छोड्नु अघि नै तीनजना अतिरिक्त खेलाडीलाई मौका दिइसकेकाले एथलेटिकले १० खेलाडीमै खेल्नुपरेको थियो । खेल भने १ –१ को बराबरीमा सकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित