FLASH NEWS
- Loading...
कोलकाताको मन्दिरमा अमिताभ
- गोल्डेन खबर
- ७ साल अघि
- १५७ पटक पढिएको

बलिउडका महानायक अमिताभ बच्चनलाई भगवान् नै मान्दै फ्यानहरुको संघ ‘अल बंगाल अमिताभ बच्चन फ्यान्स एसोसिएसन’ ले कोलकताको एक मन्दिरमा अमिताभको मूर्ति स्थापना गरेका छन् सुब्रत बोसले बनाएको यो प्रतिमा २५ किलोको छ । अमिताभको सरकार फिल्मको हुलियामा यो मूर्ति बनाइएको छ । अमिताभको वास्तविक उचाइभन्दा पनि अग्लो यो मूर्ति फाइबरले बनेको हो । करिब एक लाख ६० हजार रुपैयाँको लागतमा बनेको यो मूर्ति स्थापना कार्यक्रममा अमिताभका फ्यानहरु उनकै स्टाइलका कपडा लगाएर उपस्थित भएका थिए ।
प्रतिक्रिया दिनुहोस