FLASH NEWS
  • Loading...

जोशीको सम्मानमा संगीत नाट्य प्रतिष्ठानद्वारा स्वागत

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail


काठमाडौं– अग्रज संस्कृतिविद् सत्यमोहन जोशीलाई नेपाल सरकारले ‘बाङ्मय शताब्दी पुरुष’को उपाधिबाट सम्मान गरेकोमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सो कार्यको स्वागत गरेको छ । बर्तमान सरकारले दुई साता अघि मन्त्री परिषदबाट पारित गरेर जोशीलाई बाङ्मय शताब्दी पुरुषको उपाधि दिएको हो ।
यसै क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) र उपकुलपति शम्भुजीत बासकोटाले बाङ्मय शताब्दी पुरुष जोशीलाई बुधबार दिउ“सो ललितपुरको बखुण्डोल स्थिगत उनकै निवासमा भेटेर बधाई ज्ञापन गरे । सो क्रममा बाङ्मय शताब्दी पुरुष जोशीलाई फुलगुच्चा तथा खादा लगाईदि“दै प्रतिष्ठानका तर्फबाट बधाई ज्ञापन गरिएको थियो ।
सो क्रममा कुलपति सरुभक्तले तत्कालिन नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिब सत्यमोहन जोशीको आमन्त्रणामा पहिलो पटक राष्ट्रिय कविता महोत्सबमा सहभागी भएर तृतीय स्थान हा“सिल गरेको अनुभव सो भेटमा सुनाए । भेटका क्रममा पुराना स्मरण आदन प्रदान गरिएको थियो । बाङ्मय शताब्दी पुरुष जोशीले पनि आफुद्धारा लिखित ‘नेपाली कलाको रुपरेखा’ (प्राचिन र मध्यकालीन)को प्रकाशित पहिलो प्रति बुधबार आफ्नो हस्ताक्षर सहित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका लागि कुलपति सरुभक्तलाई प्रदान गरे ।
केही समय अघि प्रतिष्ठानका तर्फबाट बाङ्मय शताब्दी पुरुष जोशीको जीवनी समेटेर बृत्तचित्र निर्माण गर्ने प्रस्ताव राखिएको थियो । सो प्रस्तावलाई बाङ्मय शताब्दी पुरुष जोशीले स्वीकार गरेपछि कुलपति सरुभक्त र उपकुलपति बासकोटाले जोशीको स्वीकारलाई स्वागत गरे । सो बृत्तचित्रको लागि अनुसन्धानको कार्य केही समय अघिदेखि भएको र क्रियसन क्रिउका तर्फबाट निर्माण कार्य तत्कालै सुरु गरिने पनि कार्यक्रममा जानकारी गराईयो ।
उपकुलपति शम्भुजीत बास्कोटाले बाङ्मय शताब्दी पुरुष जोशीले अनुसन्धान गरिरहेको कात्तिक नाच सम्बन्धि पुस्तक प्रतिष्ठानका तर्फबाट प्रकाशित गर्ने अनुमति जोशीस“ग मागे । सो प्रस्तावलाई स्विकार गर्दै पुस्तक अन्तिम चरणमा पुगेको जोशीले बताए ।
सो भेटका क्रममा उपकुलपति बास्कोटाले तत्कालिन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमा स“गीत निर्देशकको रुपमा काम गर्दाका अनुभव बाङ्मय शताब्दी पुरुष जोशीलाई सुनाए । आफुलाई गाईजात्रा महोत्सबमा बाङ्मय शताब्दी पुरुष जोशीले प्यारोडी गाउन अबसर दि“दा राजा बीरेन्द्रबाट उपहार पाएको अनुभव पनि उपकुलपति बासकोटाले सो भेटमा उनलाई सुनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित