FLASH NEWS
  • Loading...

विवाह बन्धनमा बाँधिइन् ‘पप स्टार’ माइली साइरस

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४८ पटक पढिएको
विवाह बन्धनमा बाँधिइन्  ‘पप स्टार’ माइली साइरस

एजेन्सी । अमेरिकन ‘पप स्टार’ माइली साइरसले अष्ट्रेलियन अभिनेता लियाम हेम्सवर्थसँग विवाह बन्धनमा बाँधिएको स्वीकार गरेकी छिन् ।
आइतबार सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर सार्वजनिक भएपछि उनको विवाह भएको कुरा बाहिरिएको हो । एक दशकअघि फिल्म ‘द लास्ट सङ’ बाट नजिकिएका साइरस र लियामले परिवार र नजिकका साथीभाईको उपस्थितीमा विवाह गरेको बीबीसीले जनाएको छ । गत नोभेम्बरमा क्यालिफोर्नियामा आगलागीमा घर गुमाएकी माइलीले  आफ्नो नयाँ घरमा विवाह गरेकी हुन् । सन् २०१२ मा इन्गेजमेन्ट गरेका यी दुईको सम्बन्धमा खटपट आएको र अलग भएको समाचार बाहिरिएको थियो फेरि पछि २०१५ मा दुवै एकसाथ देखिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित