FLASH NEWS
  • Loading...

प्रेम दिवसमा विवाह गर्दै वर्षा र संजोग

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ७३ पटक पढिएको
प्रेम दिवसमा विवाह गर्दै वर्षा र संजोग

काठमाडौं  लामो समयदेखि प्रेममा रहेका अभिनेता संजोग कोईराला र अभिनेत्री वर्षा राउत विवाह बन्धनमा बाँधिने भएका छन् ।आगामी प्रेम दिवस अर्थात फागुन २ गते दुबैले लगनगाँठो कस्ने भएका हुन् । अभिनेत्री वर्षाले आज आफ्नो आधिकारीक फेसबुकमार्फत एक कार्ड शेयर गर्दै विवाह मिति सार्वजनिक गरेकी हुन् । प्रेमको प्रशंसा गर्दै लेखिएको कार्डमा भनिएको छ‘ हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ । हामी जीवनभरका लागि यात्रा सुरुवात गर्न गइरहेका छौ ।’ सोही कार्ड अभिनेता संजोगले पनि शेयर गरेका छन् ।  

अभिनेत्री बर्षा पछिल्लो समयकी ब्यस्त अभिनेत्री हुन् । उनले अभिनय गरेको फिल्म ‘चौका दाउ अहिले प्रदर्शनरत छ, भने ‘गोपी’ केही सातापछि प्रदर्शनमा आउँदैछ ।   ‘नाइँ नभन्नू ल ४’ बाट बर्षाले नेपाली चलचित्र अभिनय डेब्यु गरेकी हुन् । संजोगले पनि लगतार फिलम अभिनय गरिरहेका छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘कथा काठमाडौं’ केही पहिले रिलिजमा आएको थियो । ‘उत्सव’, ’छक्का पञ्जा ३’, ’बाजीगर’ लगायतका फिल्ममा काम संजोग र बर्षा प्रेममा रहेको करिब ६ बर्ष भएको छ । ‘एउटा यास्तो प्रेम कहानी’ फिल्ममा वर्षा र संजोगले एकसाथ अभिनय गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित