FLASH NEWS
  • Loading...

जुनसुकै बैंकको कार्ड अर्को बैंकको एटिएममा अब कहिले पनि शुल्क नलाग्ने

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ७२ पटक पढिएको
जुनसुकै बैंकको कार्ड अर्को बैंकको एटिएममा अब कहिले पनि शुल्क नलाग्ने

नेपाल राष्ट्र बैंकले एक बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा कहिले पनि शुल्क नलाग्नेगरी नीतिगत व्यवस्था गरेको छ। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकिकृत निर्देशन २०७७ मार्फत् ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्न लिन पाइने छैन’ भन्ने व्यवस्था गरेको हो।

कोभिड १९ को संक्रमण तथा नियन्त्रण तथा रोकथामका लागि बैंकहरुले एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा शुल्न नलाग्ने व्यवस्था गरेका थिए। उनीहरुले गरेको यस निर्णयलाई नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमै पैसा नलाग्ने भन्दै व्यवस्था गरेको थियो।

राष्ट्र बैंकले एउटै व्यक्तिलाई एकभन्दा बढी डेबिट तथा क्रेडिट कार्ड दिन नपाउने व्यवस्था गरेको छ। एउटा बैंक तथा वित्तीय संस्थाले एउटा प्राकृति व्यक्तिलाई एकभन्दा बढी कार्ड दिन पाउने छैनन्। बैंकहरुले एक पटक कार्डको शुल्क लिइसकेपछि कार्डको नवीकरण शुल्क भन्दै लिन पाउने छैनन्।

साथै कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिनअघि नै ग्राहकहरुलाई जानकारी गराउनुपर्नेछ। कार्डको म्याद समाप्त भइसकेपछि नवीकरण वा नयाँ कार्डका लागि लाग्ने शुल्का बारेका समेत जानकारी दिनुपर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित