FLASH NEWS
  • Loading...

आन्नदकुटी विद्यापीठको मुदिता भवन पुनर्निर्माण भई हस्तान्तरण

  • गोल्डेन खबर
  • २ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail

आन्नदकुटि बिद्यापिठ बि.स २००८ साल देखि सञ्चालनमा रहिआएको छ । बि.स २०७२ को विनाशकारी भूकम्पले उक्त स्कुलको उपेक्षा, अमृतानन्द तथा मुदिता सहित तीन भवन क्षति पुगेको थियो । जसमध्ये मुदिता भवन ६४ लाखको लागतमा रेट्रोफिटिङ गरी स्कुललाई हस्तान्तरण गरिएको छ । आन्नदकुटी विद्यापीठ २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त तीन तल्ले भवन ६४ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

सो रकम आन्नदकुटीका भुतपूर्व विद्यार्थी संघ (AKAA) का तर्फबाट ३२ लाख र रोटरी पाटन डिस्ट्रक ३२९२ बाट त्यति नै रकम म्याचिङ फन्ड ३२ लाखबाट स्रोत जुटाई उक्त भवनको पून्ह निर्माण सम्पन्न गरिएको भूतपूर्व विद्यार्थी संघका सदस्य तथा उद्योग क्षेत्रलाई सहजीकरण गर्दे आएका हिटको प्रालिका प्रबन्ध निर्देशक प्रदिपमान प्रधानले बताए । सो रेट्रोफिटिङ कार्यमा १८ महिना समय लागेको थियो । उक्त मुदिता भवनको प्रत्येक कोठामा ३० बिध्यार्थीलाई अत्याधुनिक तबरले पढन–पाढन हुने सुविधा मिलाइएको छ । हालै एक भव्य समारोहका बिच उक्त हस्तान्तरण कार्यक्रममा स्कुलका वर्तमान प्रिन्सिपल सुजन बर्जाचायले बताए ।

७० वर्ष लामो इतिहास बोकेको सो स्कुल शैक्षिक गुढी अन्तर्गत सञ्चालनमा रहिआएको बताए ।

बिशेषगरी २०४६ सालपछि बिध्यालय कम्पनी एन अन्तर्गत सञ्चालन गर्न पाइने शिक्षा नियमावली आएपछि गुढी अन्तर्गत सञ्चालित आन्नदकुटी, दरबार हाई स्कुल जस्ता कैयन बिध्यालयका भविष्य अन्यौल बन्दै पछि पर्दे गएको छ । निजी स्कुलका दाँजो यसतर्फका स्कुलमा चुनौती थपिएको उनको गुनासो थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित