FLASH NEWS
  • Loading...

आर्थिक अनियमितताको पर्याय ः महालक्ष्मी विकास बैंक

  • गोल्डेन खबर
  • २ साल अघि
  • १२८ पटक पढिएको
Post Thumbnail


नेपालीमा एउटा उखान छ , जो अगुवा उही भगुवा । यो पंक्ति राष्ट्रबैंक र गभर्नर अधिकारीसँग मिलेको छ । किनकि राष्ट्रबैंकका गभर्नर महालक्ष्मी विकास बैंकका अध्यक्ष सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय विरुद्ध उजुरी परे कारबाहीको दायरमा ल्याउन असफल हुँदै गएको देखिएको छ । यसअघि उपाध्याय विभिन्न काण्डहरूमा मुछिएको बैंक अन्य सञ्चालकहरूले आरोप लगाउँदै आएका छन् ।

अध्यक्ष राजेश कै कारण बैंक कमजोर बन्दै गई, उनले आफ्नो व्यक्तिगत तथा पारिवारिक स्वार्थको लागि बैकका हजारौँ ग्राहकहरूको भविष्यमाथि खेलवाड गरेको भन्दै कारबाहीको माग गर्दे उपाध्याय विरुद्ध राष्ट्र बैंकमा उजुरी परेको थियो । जुन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विपरित कार्य गरिएको भनी उल्लेख गरिएको छ ।
उजुरी परेको लामो समयसम्म राष्ट्रबैंकबाट उनीमाथि कारबाही नहुनुमा गभर्नर महाप्रसाद अधिकारी कै मिलेमतो रहेको शेयरधनीहरुले आशंका गर्न थालेका छन् । तत्कालीन समयमा झन्डै आधा दर्जन विकास बैंक तथा फाइनान्स कम्पनीहरू गाभिएर बनेको महालक्ष्मी विकास बैक पछिल्लो समय आर्थिक अनियमितताको पर्याय बन्दै जानुको मूल जड नै अध्यक्ष उपाध्याय भएको दाबी शेयरधनीहरुको छ ।

अध्यक्ष उपाध्यायले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को सबै प्रावधानहरू उलंघन गर्दे आफू र आफ्नो परिवारका सदस्यहरूको नाउँमा लाखौँ कित्ता सेयर खरिद गर्न भ्याएका छन् । उपाध्यायले विभिन्न समयमा आफन्तहरूको नाममा सेयर खरिद गरी आफ्ना तर्फको शेयर सख्ंया झन्डै १६ लाख कित्ता पुर्‍याएका हुन् । महालक्ष्मी विकास बैंकको अध्यक्ष बन्नु अगाडी ६० हजार कित्ता रहेकोमा अहिले उनीसँग झन्डै १६ लाख कित्ता सेयर रहेको छ ।

महालक्ष्मी विकास बैकसँग मर्ज हुँदा उनी यती डेभलपमेन्ट बैंकका अध्यक्ष थिए । यसका साथै तत्कालीन समयमा उनी मनोकामना डेभलपमेन्ट बैंकमा पनि अध्यक्ष पदमा रहेका थिए । उपाध्यायले नातागोता सम्बन्धका सासू पर्ने सिता शर्मा, भाइ दीपेन्द्र शर्मा र बबी शर्मा, रेखा उपाध्याय, बैंकमा आफ्नो गुटका विश्वासपात्र कर्मचारी, व्यावसायिक साझेदार सुनिल बल्लव पन्त लगायतको आफन्तको नाममा विभिन्न समयमा लाखौँ कित्ता सेयर खरिद गरेको बुझिएको छ । गैरकानुनीरुपमा आर्जन गरेको रकमबाट सेयर खरिद गरेको लगायतका विभिन्न शीर्षकमा अहिले उपाध्याय विरुद्ध सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको दाबी श्रोतलेको छ ।

उपाध्यायले पदिए दायरा भन्दा बाहिर गएर बैंकमा भाँडभैलो मच्चाएको र बैकको श्रोत साधनको चरम दुरुपयोग गरेको भन्दै उनी विरुद्ध नेपाल राष्ट्र बैक र केन्द्रीय अनुसन्धान ब्युरोमा समेत कारबाहीको माग गर्दे उजुरी दर्ता भइसकेको छ । पछिल्लो समय ठुला-ठुला घोटाला जस्तै ललिता निवासको जग्गा घोटाला प्रकरण, धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको सर्वोत्तम सिमेन्ट गैरकानुनी सेयर खरिद प्रकरण आदिमा संलग्न मैं हु भन्ने व्यक्ति त कारबाहीको दायरामा आएको अवस्थामा उपाध्याध्यलाई कारबाही नहुने भन्नै छैन । ढिलो चाँडो उपाध्याय कारबाहीमा पर्छन, उनी जेलमा पर्छन नै, महालक्ष्मी बैंक श्रोतले भनेको छ ।
श्रोतका अनुसार महालक्ष्मी विकास बैंक पछिल्लो समयको , आर्थिक अनियमितका घटनाहरू जस्तै सुन काण्ड, गैर कानुनीरुपमा धितो लिलामी आदि परेको छ । यी सबैको जड नै अध्यक्ष उपाध्याय रहेको श्रोतको दाबी छ ।

यस्ता झुट र आर्थिक अनियमितको पर्याय बन्दै आएका उपाध्याय जस्ता पात्रलाई केन्द्रीय बैंक, केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबैले मिलेर खुटा नकमाई कारबाही गर्नुपर्छ, श्रोतले भनेको छ । श्रोतका अनुसार महालक्ष्मी विकास बैकमा बचतकर्ताहरुको रकम असुरक्षित बन्नुको प्रमुख कारण नै बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय हुन ।

श्रोतका अनुसार उपाध्यायलाई नेपाल राष्ट्र बैकका पन्त थरका एक जना डाइरेक्टरले जोगाउँदै आएकाछन । नेपाल राष्ट्र बैकले एउटा संस्थामा स्वार्थ बाझिने एक भन्दा बढी एक परिवारका सदस्यहरूको नाउँमा संस्थापक सेयर खरिद हुनु नहुने व्यवस्था कार्यान्वयनमा ल्याएपनि महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले भने नेपाल राष्ट्र बैकका केही उच्च अधिकारीहरूलाई समेत प्रभावमा पारेर आफ्नो परिवारका विभिन्न सदस्यहरूको नाउँमा ठुलो परिमाणमा सेयर खरिद गरेको देखिएको छ । अध्यक्ष उपाध्यायले आफ्नो परिवारका सदस्यहरूको नाउँमा सेयर खरिद गर्नको लागि पनि महालक्ष्मी बैंकबाट नै विभिन्न प्रक्रिया मार्फत ठुलो परिमाणमा रकम निकालानिकाल । सोही रकम मार्फत आफ्नो परिवार र नातागोताको नाउँमा ठुलो परिमाणमा सेयर खरिद गरेका हुन् ।

हालसम्म नियमनकारी निकाय नेपाल राष्ट्र बैककै उच्च अधिकारीहरूले उनलाई जोगाउँदै आएका छन् । सो कार्यमा नेपाल राष्ट्र बैकका प्रमुख पात्र भनेका, डा. गुणाकर भट्ट पनि एक भएको दाबी पनि श्रोतले गरेको छ ।
तत्कालीन समयमा मनकामना डेभलपमेन्ट र यती डेभलपमेन्ट बैंक मर्जर भएर बनेको महालक्ष्मी विकास बैंकमा पनि उपाध्याय अध्यक्ष रहेकाछन । जाहां करोडौँ रुपैयाँ कर्जा घोटाला भएको घटना स्मरणीय छ ।

त्यही घोटालाका मतियार नै अहिले महालक्ष्मी विकास बैंकको सञ्चालन एवं व्यवस्थापन प्रमुखको रूपमा रहेको छ । त्यही कारण पनि बैकमा यति धेरै अनियमित भएको हुनु सक्छ । यो समूहलाई राष्ट्र बैंकले कारबाही गरी यो समूहको चुंगुलबाट महालक्ष्मी विकास बैकलाई मुक्त गर्नुपर्छ, लगानीकर्ताहरूले भनेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित