FLASH NEWS
  • Loading...

नेष्डो समृद्धको आईपीओ आठ लाख २८ हजार सात सय ५० कित्ता सेयर फागुन ११मा आउँदै

  • गोल्डेन खबर
  • २ साल अघि
  • ७६ पटक पढिएको
Post Thumbnail

काठमाडौं । नेष्डो समृद्ध लघुुवित्त वित्तीय संस्थाले यही फागुन ११ गतेबाट आठ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) को बिक्री खुला गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ लाख २८ हजार सात सय ५० कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेड सेयर निष्कासन तथा बिक्री प्रवन्धक रहेको संस्थाको सेयर बिक्री कार्य छिटोमा यही फागुन १५ गते र ढिलोमा यही फागुन २५ गते बन्द हुनेछ । कुल सेयरमध्येमा शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार सात सय ५० कित्ता संस्थामा कार्यरत कर्मचारीका लागि, पाँच प्रतिशत अर्थात ४१ हजार चार सय ३७ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी सात लाख ७४ हजार पाँच सय ६३ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

संस्थाका अनुसार खरिदकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ छ । साधारण सेयर जारी गरेपश्चात् भने चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ नै पुुग्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित