FLASH NEWS
  • Loading...

बीमा क्षेत्रको बजारमा प्रतिस्पर्धी बन्नुपर्नेमा जोड

  • गोल्डेन खबर
  • २ साल अघि
  • ७६ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, फागुन १२ गते । बीमा संस्थान बीमा बजारमा प्रतिस्पर्धी बन्नुपर्ने अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताउनुभएको छ । राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५औँ वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित वार्षिकोत्सव समारोहमा मरासिनीले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासअनुरूप बीमा सेवाको विकास, विस्तार र विकास गरी आकर्षक बीमा योजना, सेवाको विविधीकरण, आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यकुशलतामा वृद्धि, आर्थिक अनुशासन, व्यावसायिक कार्ययोजनाको अवलम्बन गर्नुहोस् । ”

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा भनेकै विश्वासको बजार भएको भन्दै नेपालको जीवन बीमा बजारको विकास र विस्तारमा महत्त्वपूणर् योगदान गर्न सदैव प्रयत्नशील रहनुपर्ने बताउनुभयो । संस्थान सञ्चालक समितिका अध्यक्ष वसन्तराज पाण्डेले बीमाको क्षेत्रमा विश्वसनीय र भरपर्दो सेवा प्रदान गर्दै आएको संस्थान दक्ष जनशक्ति र आधुनिक प्रविधिको माध्यमबाट उच्चस्तरको सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उचित प्रतिफल र जोखिम व्यवस्थापनको माध्यमबाट छरिएर रहेको पुँजीका विकास तथा उक्त पुँजीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्दै संविधानले परिलक्षित गरेको समाजवाद उन्मुख स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकासमार्फत देशको आर्थिक समृद्धि र गरिबी न्यूनीकरणमा संस्थानले महत्त्वपूणर् भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

संस्थानका प्रशासक कवि पाठकले सरकारी स्वामित्वको संस्थानले जीवन बीमाको क्षेत्रमा क्रियाशील अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्दै बजारमा आफ्नो हिस्सा बढाउँदै लैजाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने बताउनुभयो । चालू आर्थिक वर्षको छ महिनासम्ममा जीवन बीमा प्रदायकको जीवन बीमा कोषमा रहेको चार खर्ब ५२ अर्ब ७९ करोड रुपियाँमध्ये संस्थानको कोषमा ३८ अर्ब ७८ करोड रुपियाँ रहेको जानकारी दिनुभयो ।

यस अवधिमा सङ्कलित बीमा शुल्क ७० अर्ब ९१ करोड रुपियाँमध्ये संस्थानको छ अर्ब पाँच करोड छ । यसरी हेर्दा कुल बीमा कोष र बीमा शुल्क सङ्कलनमा संस्थानको हिस्सा करिब ८.५ प्रतिशत रहेको छ । त्यसैगरी, संस्थानमा हाल कायम रहेको कुल बीमालेख सङ्ख्या छ लाख ३९ हजार छ । कार्यक्रममा संस्थानमा बीमा शुल्कका आधारमा उत्कृष्ट १० जना अभिकर्तालाई पदकसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । यसैगरी, संस्थानमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पनि सो अवसरमा सम्मानित गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित