FLASH NEWS
  • Loading...

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११० पटक पढिएको
दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो


काठमाडौं । दशैंका लागि शनिबारदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

यातायात व्यवस्था विभागका अनुसार दशैंका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुला गरिएको हो।

काठमाडौंबाट दशैँको समयमा लाखौं यात्रु उत्पत्यका बाहिर जाने गरेका छन्। असोज १९ गते विजयदशमी हो। असोज १० गते घटस्थापना छ।

यसैबीच, यातायात व्यवस्था विभागले दशैँमा असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक ट्रेलरलगायतका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासमम नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय गरेको छ। तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकारप्रकारका सार्वजनिक सवारीलाई भने यी बन्देज कायमै रहने विभागले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित