FLASH NEWS
  • Loading...

आफुले खनेको खाल्टोमा रुस आफैं परेपछि ….

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०७ पटक पढिएको
आफुले खनेको खाल्टोमा रुस आफैं परेपछि ….

काठमाडौं— युक्रेनको सिमाना नजिकै बियलग्रटमा रुसी लडाकु विमानबाट रुसकै एक शहरमा बम खसेको छ । बमबाट धेरै भवनहरुमा क्षति पुगेको र दुई जना महिला घाइते भएको बीबीसीले जनाएको छ ।

रक्षा मन्त्रालयले बियलग्रटमा रुसी लडाकु विमानबाट बम खसेको पुष्टि गरेको हो । बियलग्रट शहरबाट युक्रेनको सिमाना २५ माइल टाढा छ । त्यहाँ करिब साढे ३ लाख मानिसको बसोबास रहेको अनुमान छ । क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले बम खसेको स्थानमा ६० फिट गहिरो खाडल बनेको बताएका छन् ।

स्थानीय समय अनुसार राति १०ः१५ बजे भएको यो घटनाको अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा दुर्घटनाबस यस्तो भएको पत्ता लागेको छ । सामाजिक सन्जालमा पोष्ट गरिएको फोटोमा विष्फोटक पदार्थ खस्दा एउटा अपार्टमेन्ट ध्वस्त भएको देखिन्छ । केही कारमा पनि क्षति पुगेको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित