FLASH NEWS
  • Loading...

नेपालमा लगानी गर्न जापानीलाई मन्त्री जोशीको आग्रह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail

I

काठमाडौँ, १३ फागुन । जापान भ्रमणमा रहनुभएका उद्योगमन्त्री नवीन्द्रराज जोशीले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका महासचिव निकाइ तोसिहिरोसँग टोकियोमा भेटवार्ता गर्नुभएको छ ।

उहाँले त्यहाँका वातावरण राज्यमन्त्री इतो तादाहीसँग पनि द्विपक्षीय छलफल गर्नुभएको उद्योग मन्त्रालयले आज जनाएको छ । बिहीबार भएको मन्त्री जोशीसँगको दुवै भेटमा नेपालको विकासमा जापानको सहायोग परिचालनका विषयमा छलफल भएको उहाँका प्रेस सल्लाहकार प्रदीप चापागाईंले जानकारी दिनुभयो ।

मन्त्री जोशीले नेपालमा अब लगानीको वातावरण सुरु भएकाले लगानी गरेर फाइदा लिन जापानका लगानीकर्तासँग आग्रह गर्नुभएको थियो ।

उक्त भेटका क्रममा जापानी नेता एवम् मन्त्रीले नेपालमा वातावरणमैत्री विकास निर्माणमा सहयोग गर्न चाहेको बताउनुभएको थियो । त्यसैगरी उहाँहरुले नेपालमा फोहरमैला व्यवस्थापन, जडीबुटीजन्य उद्योग स्थापनामा जापानले लगानी गर्ने इच्छा व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा उद्योगमन्त्री जोशीसँग उहाँहरुले यही फागुन १९ र २० गते नेपालमा गर्न लागिएको लगानी सम्मेलनमा भाग लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याललगायतको उपस्थिति थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित