FLASH NEWS
  • Loading...

एलइडी बल्व खरिद गर्न बाटो खुल्यो

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५१ पटक पढिएको
Post Thumbnail


काठमाडौं– सरकारलाई एलइडी बल्व खरिद गर्न बाटो खुला भएको छ । सर्बोच्च अदालतले एलइडी खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।
बुधवार अधिवक्ता लेखथान भट्टराई र नारायण चौलागाई“ले सार्वजनिक खरिद ऐनलाई मिचेर एलइडी बल्व खरिद प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
सर्बोच्चका न्यायधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले खरिद प्रक्रिया रोक्नेगरी अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।
सर्बोच्चले आगामी शुक्रवार विपक्षीलाई बोलाउने तथा कारण देखाउ आदे जारी गरेको छ । विद्युत् प्राधिकररणले ऊर्जा बचतको लागि भारतीय कम्पनीस“ग २ करोड थान एलइडि बल्ब खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।
तर, केही संचारमाध्यममा सार्वजनिक खरिद ऐन विपरित एलइडी खरिद गर्न लागिएको र यसमा अनियमिता भएको आरोप लागेको थियो । ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडि बल्व खरिद ऐन अनुसार खरिद गर्न लागिएको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित