FLASH NEWS
  • Loading...

मृत अवस्थामा जङ्गलमा महिलाको शव

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail


रत्ननगर (चितवन), १९ फागुन । चितवन भरतपुरस्थित घरबाटै हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । भरतपुर उपमहानगरपालिका–६ निवासी ६० वर्षीया सुमित्रा नेपाली जङ्गलमा मृत भेटिएकी हुन् ।

मङ्गलबार घरबाटै हराइरहेकी महिलालाई खोजी गर्ने क्रममा घर नजिकैको वनमा बुधबार मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको मृत्युको यकिन कारण भने खुलेको छैन । उनलाई गैँडाले आक्रमण गरेको अनुमान गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित