FLASH NEWS
  • Loading...

अनुदानमा मकैको बीउ वितरण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail

OLYMPUS DIGITAL CAMERA


जिल्ला कृषि विकास कार्यालय, कास्कीले ७५ प्रतिशत अनुदानमा कास्कीका कृषकलाई यस वर्ष उन्नत जातका मकैको बीउ वितरण गरेको छ ।

मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत ११ टन मकैको बीउ वितरण गरिएको कृषि प्रचारप्रसार अधिकृत प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।

अरुण २, रामपुर कम्पोजिट र मनकामना जातको बीउ जिल्लाका थुम्की, माझठाना, मिजुरेडाँडा, घाचोक, पुरुन्चौर, देउराली, कृषि र भरतपोखरीका कृषकलाई वितरण गरिएको हो । कार्यालयले ६०० किलो अन्य उन्नत जातको बीउ समेत निःशुल्क वितरण गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित